७ बैंक तरलताको चरम अभावमा, थप कर्जा विस्तार गर्न धौधौ

काठमाडौं । ७ वटा बैंकमा तरलताको चरम अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वाणिज्य बैंकको मूख्य वित्तीय सूचकमा ७ वटा बैंकमा तरलताको चरम अभाव देखिएको हो ।

बैंकहरुको कुल तरल सम्पत्ती र कुल डिपोजिटका आधारमा तरलता अनुमात निकाल्ने गरिन्छ । राष्ट्र बैकको व्यवस्था अनुसार बैंकहरुले २० प्रतिशत तरलता राख्नु पर्नेछ । तर पुसमसान्तसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २० वटाको मात्र तरलता राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेको छ । बाँकी ७ बैंकको तरलता २० प्रतिशत भन्दा कम छ ।

कुमारी बैंकसँग तरलता अनुपात सबैभन्दा कम रहेको छ । कुमारी बैंकसँग १६.२७ प्रतिशत मात्र तरलता अनुपात छ । यस्तै बैंकको सीडी रेसियो पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि छ । कुमारी बैंकको सीडी रेसियो ९५.५५ प्रतिशत छ ।

यस्तै, हिमालयन बैंक १८.८३ प्रतिशत, एनआईसी एशिया बैंक १८.९२ प्रतिशत, माछापुच्छे बैंक १९.४४ प्रतिशत, लक्ष्मी बैंक १९.०१ प्रतिशत, प्राइम बैंक १८.६२ प्रतिशत र नेपाल एसबीआई बैंकसँग तरलता अनुपात १८.५ प्रतिशत छ ।

यी बैंकमध्ये एनआईसी एसिया बैंकको सीडी रेसियो राष्ट्र बैंकले तोकेको भन्दा माथि छ । एनआईसी एशिया बैंकको सीडी रेसियो ८८.९८ प्रतिशत छ ।

हिमालयन बैंक ९१.५३, माछापुच्छे बैंक ९०.१७, कुमारी बैंक ९५.५५, लक्ष्मी बैंक ९२.०८, प्राइम बैंक ९४.७६ र नेपाल एसबीआई बैंकको सीडी रेसियो ९३.९६ प्रतिशत छ । बैंकहरुलाई सीडी रेसियो २०७९ असारमसान्तसम्म ९० प्रतिशतभन्दा तल राख्नु पर्ने दवाव छ । यसले गर्दा सीडी रेसियो धेरै भएको बैंकहरुलाई पनि थप कर्जा विस्तार गर्न समस्या भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स