पठाओद्वारा दुर्घटना भएको खण्डमा ग्राहकको सहायतको लागि इन्स्योरेन्स हेल्प लाइनको सुरुवात

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओले ग्राहकको सहायतको लागि इन्स्योरेन्स हेल्प लाइन सुरु गरेको छ ।

कम्पनीले बिमा सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले हेल्प/लाइन सुरु गरेको जानकारी दिएको छ ।

हेल्पलाइनमा हप्ताको सातै दिन, चौबीसै घण्टा सेवा उपलब्ध हुने पठाओ नेपाल प्रालिको मार्केटिङ म्यानेजर एवं प्रवक्ता सुरक्षा हमालले बताइन् ।

हमालको अनुसार पठाओ इन्स्योरेन्स हेल्पलाइनमा बिमा र दुर्घटना सम्बन्धि बिषयमा कुरा गर्न ०१-५९७००९९ मा फोन गरी एक्सटेन्सन ४ थिचेपछी विभागिय विशेषज्ञले आवश्यक परामर्श दिनेछ ।

पठाओले दुर्घटना उपचार बिमा एक लाखसम्म र मृत्यु वा अंग भंग भएमा १० लाखसम्मको बिमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स