ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन्स डे’ मा १५ प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकर्ले भ्यालेन्टाइन्स डे’ को अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।

बैंकका अनुसार ग्राहकले फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २०० रूपैयाँ सम्म क्यासब्याक पाउने छन्।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि मार्फत सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स