विकास बैंकको पनि ब्याजदर बढ्यो, मुद्दति निक्षेपमा ११.६५ प्रतिशत

काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर बढाउने भएका छन् । वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि ब्याजदर बढाउने भएपछि त्यसैको अनुसरण गर्दै विकास बैंकहरुले पनि ब्याजदर बढाउने भएका छन् । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ब्याजदर बढाउन अनुमति दिएसँगै विकास बैंकहरुले पनि बढाउने निर्णय गरेका हुन् ।

बैंकर्स संघको बैठकले ब्याजदर बढाउने निर्णय गरेपछि बसेको विकास बैंकको बैठकले पनि ब्याजदर बढाउने सहमति गरेका छन् । राष्ट्रिय स्तरका विकास बैंकहरुले मुद्दति निक्षेपमा ११.५५ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुले ११.६५ प्रतिशतसम्म ब्याजदर पुर्याउने निर्णय गरेका हुन् ।

यसअघि विकास बैंकहरुको ब्याज दर १०.३५ प्रतिशत थियो । फाइनान्स कम्पनी संघले पनि ब्याज बढाउने भएका छन्। उनीहरुबीच छलफल भइरहेको छ । अहिले १०.६५ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स