एनसीसी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले संस्थापक सेयर बिक्रीमा गर्न लागेको छ । बैंकले ११ लाख ६१ हजार ६७९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक सेयरधनी अनारदेवी श्रेष्ठले २ लाख कित्ता, दिपक रत्न शाक्यको १ लाख ९१ हजार ६७९ कित्ता र एनवी गु्रप प्रालिले ६ लाख ७० हजार कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर खरिद गर्नको लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको बागबजार काठमाडौं स्थित सेयर विभागमा आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स