एचआईडिसीएलको नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९१ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४२ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले समीक्षा अवधिमा कम्पनीको ग्राहक सम्झौताबाट भएको आम्दानी ५७.९१ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी २.१३ प्रतिशत बढेको छ ।

त्यसैगरी, कम्पनीको करअघिको नाफा भने समीक्षा अवधिमा २.१३ प्रतिशत बढेको छ । कम्पनीले सर्वसाधारण शेयर लिलामीबाट शेयर प्रिमियमबापत ५० करोड ४० लाख रूपैयाँ रकम संकलन गरेको छ । कम्पनीले संस्थापक समूहको ३ अर्ब ३० करोड बराबरको अवितरित हकप्रद शेयरको लिलामी बढाबढ प्रकृया मार्फत बिक्री गर्दैछ ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ १९ पैसाबाट ३४ पैसा घटेर ४ रुपैयाँ ८५ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६९.५८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स