कामना सेवा विकास बैंकले मनायो ‘कामना सेवा कस्टुमर डे’

कामना सेवा विकासले ग्राहक महानुभावहरुको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न केएसबीबीएल केयर सञ्चालमा ल्याएको छ । बैंकले फेब्रुअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको उक्त सेवा वार्षिकोत्सवको अवसर पारेर ‘कामना सेवा कस्टुमर डे’ का रुपमा मनाउन सुर गरेको हो ।

सो अवसरमा बैंकले विभिन्न कार्यक्रम मार्फत देशव्यापी रुपमा आफ्ना ग्राहकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उत्तरोत्तर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण ग्राहक प्रति कृतज्ञता व्यक्त गरेका छन् । ग्राहकहरूको आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने उनले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स