राष्ट्रिय गौरवका आयोजनको अवस्था नाजुक, ६ महिनामा विनियोजित बजेटको साढे १६ प्रतिशत पनि भएन खर्च, कुन आयोजनको प्रगति कति ?

काठमाडौं । सदाको वर्षजस्तै यो वर्ष पनि राष्ट्रिय गौरवका आयोजनाहरूको खर्च अत्यन्त न्यूनदेखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाहरूमा जम्मा १३ अर्ब ४८ करोड रुपैयाँमात्रै खर्च भएको छ । ६ महिनामा भएको सो खर्च राष्ट्रिय गौरवका आयोजनाका लागि ८२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

अहिलेसम्म गौरवका आयोजनाको खर्च र भौतिक प्रगतिको अवस्थाले यस्तो देखाएको हो । अधिकांश आयोजनाहरूको भौतिक प्रगतिका साथै वित्तीय प्रगति पनि अत्यन्त कम देखिएको बजेट अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण हेर्दा पुँजी निर्माण गर्ने अर्थात अर्थतन्त्रलाई बलियो बनाउने तथा देशलाई आत्मनिर्भर बनाउने आयोजनाको प्रगति अत्यन्त न्यून छ भने पशुपति विकास कोषजस्ता आयोजनाको प्रगति तुलनात्मक रुपमा बढी देखिएको छ ।

सरकारले पछिल्लो समय राष्ट्रिय गौरवका आयोजनहरू बढाएर २५ वटा पुर्याएको छ । सोमध्ये बबई सिँचाई आयोजना, पशुपति विकास कोषको प्रगति ८० प्रतिशत वा सोभन्दा माथि छ भने मेलम्ची खानेपानी आयोजनाको ६९ प्रतिशत र सिक्टा सिंचाई आयोजनको प्रगति ६८ प्रतिशत प्रगति देखिएको छ ।

यस्ता अन्य आयोजनाको प्रगति विवरण

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/rastrya-gaurab-pdf.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स