आवको अन्त्यसम्म ९० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आवको अन्त्यसम्म ९० प्रतिशत पुँजीगत खर्च गर्ने बताएका छन् । आज बिहीबार अर्थ मन्त्रालयमा आयोजित बजेट अर्धवार्षिक समीक्षामा अर्थमन्त्री शर्माले आवको अन्त्यसम्म ९० प्रतिशत खर्च हुने बताए ।

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको लागि विनियोजित बजेटको जम्मा ९४.७ प्रतिशतन अर्थात १५ अर्ब ४६ अर्ब २८ करोड खर्च गर्ने अनुमान गरिएको हो । सरकारले चालु आवको लागि १६ खर्ब ३२ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ ।
हुन न त बजेट संशोधन गर्ने अर्थात विनियोजित बजेट घटाउने परम्परा पुरानै हो ।

यद्यपि यो आर्थिक वर्षमा अर्थ मन्त्रालयले ९० प्रतिशत पुँजीगत खर्च गर्ने प्रतिवद्धता गरेको छ । चालु आर्थिक वर्षमा कुल पुँजीगत खर्चका लागि विनियोजित बजेटको करिब १० प्रतिशतले बजेट घटाएको छ । पुँजीगत खर्चका लागि ३ खर्ब ७८ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेपनि पुससम्म भएको खर्चको अनुपातलाई हेरेर जम्मा ३ अर्ब ४० अर्ब ३२ करोड रुपैयाँमात्रै खर्च गर्ने संशोधित लक्ष्य तय भएको छ ।

मन्त्रालयले यो अनुमान स्थानीय तह निर्वाचन खर्च, कोभिड १९ सिवरुद्धको खोपखर्च, रासायनिक मल खरिद एवम् बेमौसमी वर्षाले धानबालीमा भएको क्षतिपूतिको तथा अनिवार्य दायित्व समेतलाई मध्येनजर गरेर गरेको हो ।

२८ अर्बले पुँजीगत खर्च घटाएका अर्थमन्त्रीले आर्थिक वृद्धिदर भने बजेटले लिएको लक्ष्य अनुसार नै हुने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स