अर्थमन्त्री शर्माले घटाए बजेटको आकार

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्द्धन शर्माले चालु आर्थिक वर्ष २०७८/७९ बजेट समिक्षा गर्दै बिहीबार बजेटको आकार घटाएका हुन् ।

अर्थ मन्त्रलायका अनुसार चालु आवमा १५ खर्ब ४६ अर्ब २८ करोड रूपैयाँ मात्र खर्च हुनेछ । जुन शर्मा आफैंले तयार पारेका प्रतिस्थापन बजेटभन्दा ९४.७ प्रतिशत मात्र हो ।

चालु वर्षको बजेट संबैधानिक प्रावधान अनुसार जेठ १५ मा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले ल्याएका थिए। उनको भन्दा १५ अर्ब घटाएर शर्माले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएका थिए।

शर्माले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेट आकार ८६ अर्बले घटाएका हुन्। चालु वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स