काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको लागि सेयर बिक्री गर्न लागेको छ ।
कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर खरीद गर्नका लागि सूचना जारी गरेको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।