भोलिबाट पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुल्ला गरिने

काठमाडौं । पशुपतिनाथ मन्दिर माघ २८ गते (शुक्रबार)देखि खुला हुने भएको छ । कोरोना संक्रमण बढ्न थालेपछि माघ ५ गतेदेखि बन्द रहेको मन्दिर शुक्रबारदेखि भक्तजनका लागि खोल्न लागिएको हो ।

स्वास्थ्य मापदण्ड पालना गरेर भोलिबाट मन्दिर खुला गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

माघ २३ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैंठकले मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख गरेको छ ।

बढ्दो कोरोना भाइरस संक्रमणका कारण माघ ५ गतेदेखि बन्द रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स