जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासनबाटै उठायो साढे २ करोड, यो रकम कहाँ जान्छ

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्कासनबाट मात्रै साढे २ करोड भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले आईपीओ भर्नेबाट सी–आस्वा शुल्क मार्फत् २ करोड ६५ लाख ९५ हजार ४०० रुपैयाँ प्राप्त गरेको हो

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा हालसम्म आईपीओ निष्कासन गर्ने कम्पनीमध्येमा सर्वाधिक आवेदन परेको हो । माघ १९ गतेदेखि लघुवित्तले निष्काशन गरेको आईपीओमा आज (मंगलबार) अन्तिम दिनसम्म २६ लाख ५९ हजार ५४० आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जानकारी दिएको छ । यो हालसम्मकै उच्च आईपीओ आवेदन हो ।

यस अघि कात्तिकमा जारी भएको सामलिङ पावर कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ जनाले आवेदन दिएका थिए ।

नयाँ कम्पनीको आईपीओ जारी भएसँगै आईपीओ भर्नेको संख्याले नयाँ रेकर्ड कायम गर्दै गइरहेको छ ।

आईपीओ भर्नेको संख्यामा बढोत्तरी भएसँगै आईपीओ खुलाउने कम्पनीबाट हुने आम्दानी पनि बढी रहेको छ । जसका कारण जाल्पा आईपीओ निष्कासनबाटै सर्वसाधारण साढे २ करोडभन्दा बढी रकम उठाउन सफल भएको हो ।

आईपीओ निष्कासनकर्ताले सी–आस्वा शुल्क मार्फत् आवेदनकर्तासँग न्यूनत १० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म उठाउन सक्छन् । धेरै जस्तो सी–आस्वा सेवा प्रदायकले १० रुपैयाँ नै शुल्क लिने गरेका छन् । भने, केहीले अधिकतम एक सय रुपैयाँसम्म उठाउने गरेका छन् ।

कम्पनीको आईपीओ जारी गर्दा हुने खर्च व्यवस्थापन गर्न यस्तो शुल्क लिन पाउने व्यवस्था धितोपत्र बोर्डले नै गरेको हो । सी–आस्वा सेवा प्रदायकले अधिकतम सय रुपैयाँसम्म शुल्क उठाए पनि आईपीओ निष्कासनकर्ता कम्पनीले भने सेवा बापत १० रुपैयाँमा लिन्छ । धेरै शुल्क लिने सी–आस्वा सेवा प्रदायकले १० रुपैयाँभन्दा बढी हुने पैसा आफै राख्छन् ।

आईपीओ आवेदनकर्ताबाट प्राप्त हुने सी–आस्वा शुल्कको १० रुपैयाँमा कम्पनीको एकलौटी अधिकार हुँदैन । यो रकम ३ स्थानमा बाँडफाड हुन्छ । आईपीओ निष्कासनकर्ता (कम्पनी), बिक्री प्रबन्धक (क्यापिट) र सिडिएस एण्ड क्लियरिङ हाउसबीच उक्त रकम बाँडफाड हुन्छ ।

धितोपत्र कानुनले तोके अनुसार सिडिएसले उक्त रकमबाट हिस्सा पाउँछ । सिडिएसले प्रत्येक आवेदनकर्ता २ रुपैयाँ र आईपीओ पर्ने आवेदनकर्ताबाट थप ७ रुपैयाँगरी ९ रुपैयाँ प्राप्त गर्छ । सिडिएसलाई दिएर बचेको रकम निष्कासनकर्ता कम्पनी र क्याबिटल मार्केटबीच हुने बाग्रेनिङमा तय हुन्छ ।

भर्खर आईपीओ निष्कासन गरेको जाल्पा सामुदायिक लघुवित्तले आवेदनकर्ताबाट २ करोड ६५ लाख ९५ हजार ४०० रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानीबाट सिडिएसले आईपीओ नपर्नेबाट ५३ लाख १९ हजार ८० रुपैयाँ र आईपीओ पर्नेबाट थप ३ लाख ४१ हजार ५३० रुपैयाँ आम्दानी गर्छ । जाल्पा सामुदायिक लघुवित्तको आईपीओबाट सिडिएसले ५६ लाख ६० हजार ६१० रुपैयाँ आम्दानी गरेको छ ।

बाँकी २ करोड ९ लाख ३४ हजार ७९० रुपैयाँ क्यापिल र निष्कासनकर्ता कम्पनीको बाग्रेनिङ क्षमताका आधारमा बाँडफाड हुन्छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले निवेदन शुल्क, रेटिङ, क्यापिटल शुल्क, दर्ता शुल्क लगायत शीर्षकमा खर्च पनि गरेको हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स