राष्ट्र बैंकले आयातमा गर्यो कडाइ, ४३ समूहको वस्तुमा शतप्रतिशत मार्जिन राख्नुपर्ने(परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गरेको छ । राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै ४३ समूहको विभिन्न वस्तुको आयातमा शतप्रतिशतमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो । साथै राष्ट्र बैंकले टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि केन्द्रिय बैंकले २० वटा समूहको ३ सयभन्दा बढी समूहको वस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो।

पछिल्लो समय आयात बढेपछि विदेशी विनिमय सञ्चिति निरन्तर घट्दै गएको छ । बैंकले पछिल्लो समय आयातमा कडाइ गर्ने नीति लिएको छ ।

बैंकहरूले आयात गर्ने सुन, उद्योगीले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य वस्तु लगायतमा भने यो व्यवस्था लागु हुने छैन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/FXMD_Notice_Margin.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स