भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले बुधबार एक सूचना जारी गर्दै फागुन २८ गते दिउँसो २ बजे परिक्षा संचालन हुने बताएको हो ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने विभागले जनाएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम भएपछि यसअघि दुई पटक लिखित परीक्षा स्थगित गरिएको थियो । पछिल्लो समय पुराना भन्सार एजेन्टको पक्षमा सरकारी निकाय लागेको भन्दै विरोध समेत हुन थालेको थियो ।

विभागले २०७७ को चैत १६ गते ठूलो संख्यामा भन्सार एजेन्टको माग गरेको थियो ।

२० वर्षदेखि नयाँ भन्सार एजेन्ट थप हुन नसकेको भन्दै एकैपटक ६६० एजेन्टका लागि इजाजत खुला गरेको छ । नयाँ लाइसेन्सका लिन ९ हजार परीक्षार्थीले फाराम भरेका छन् ।

विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ ।

दुई दशक यता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १ सय ७० जना एजेन्टमात्रै रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स