फेरि बढ्ने क्रममा सुन र चाँदीको मूल्य

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ९३ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १२ सय ८० कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स