आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो दिनको १६.३० अंकले घटेर २,८३५.५८ विन्दुमा स्थिर रहेको छ ।

मंगलवार २३० कम्पनीहरुको सेयर ७१ हजार ३४० पटक कारोबार भएको छ । १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ

लिवर्टी ईनर्जी कम्पनीको सेयर मूल्य सवभन्दा बढी ६.२७ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ४१५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ३८९ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ५.८१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो डेभलपर्सको प्रति कित्ता सेयर मूल्य ५९९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५६८ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सवभन्दा कम ०.२४ प्रतिशतले घटेकोे छ । सोे कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य १,२४४ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,२४१ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स