१४० कम्पनीको सेयर मूल्य घट्दा पनि आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो दिनको १६.३० अंकले घटेर २,८३५.५८ विन्दुमा स्थिर रहेको छ ।

मंगलवार २३० कम्पनीहरुको सेयर ७१ हजार ३४० पटक कारोबार भएको छ । १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४० कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको सेयर मूल्य घटेको छ ।

नेपाल ईन्स्योरेन्सको सेयर मूल्य सवभन्दा बढी ३.८३ प्रतिशतले बढेको छ । हिजो उक्त ईन्स्योरेन्सको प्रति कित्ता सेयर मूल्य ८८६.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ९२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य ३.४४ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोपावरकोे प्रति कित्ता सेयर मूल्य ६६८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६९१ रुपैयाँमा कारोबार भएको छ ।

लुम्बिनी जनरल ईन्स्योरेन्सको सेयर मूल्यमा सवभन्दा कम ०.०६ प्रतिशतले बढेको छ । हिजो सो बैंककोे प्रति कित्ता सेयर मूल्य ७८०.५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७८१ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स