काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
मंगलबार नेप्से १६.३० अंकले घटेर २८३५.५८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २० लाखको कित्ता सेयर ६ अर्ब २८ करोडमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, आज उपसमूहतर्फ टे«डिङ, होटल एण्ड टुरिजम, नन् लाइफ इन्सोरेन्स, मेनु एण्ड प्रो र म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।
आज ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।