हिमालयन बैंकको नाफा ३ अर्ब, ईपीएस २८ रुपैयाँ भन्दामाथि

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५८ करोड नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफा बढेको हो । सो कारणले नाफा बढको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.४३ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा २६.२७ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा साढे ३० करोडबाट घटेर साढे १४ करोड पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर ४६ पैसा बढेर २८ रुपैयाँ ६ पैसा पुगेको छ । गत आर्थिक वर्षमा १४ प्रतिशत बोनस सेयर वितरण गर्दा बैंकको चुक्ता पुँजी बढेकोले बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा केही बढेको हो । बैंकको मूल्य आम्दानी अनुपात १७.२५ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १४.३५ प्रतिशत बढेको छ । निक्षेप १२.५८ प्रतिशत र कर्जा २३.८९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स