काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको जानकारी दिएको हो ।
निर्वाचन आयोगले यसअघि जेठ ४ गते स्थानीय चुनाव गर्ने प्रस्ताव गरेको थियो ।