१०५ कम्पनीको सेयर मूल्य बढ्दा पनि आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दाश्रो दिनको सामान्य सुधार भई १५.६९ अंकले बढेर २,८५१.८६ विन्दुमा स्थिर रहेको छ ।

सोमवार २२४ कम्पनीहरुको सेयर ६६ हजार ११३ पटक कारोबार भएको छ । ९५६ लाख १२ हजार ५८० कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ । कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सवभन्दा बढी ४.५७ प्रतिशतले घटेको छ । हिजो उक्त हाइड्रोपावरकोे प्रति कित्ता सेयर मूल्य ७०० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६६८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ३.७१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो संस्थाको प्रति कित्ता सेयर मूल्य २,०२० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,९४५ रुपैयाँमा कारोबार भएको छ ।

कर्णाली डेभलपमेण्ट बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य ४३२.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४३२ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स