नेप्सेमा सामान्य सुधार हुँदा आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दाश्रो दिनको सामान्य सुधार भई १५.६९ अंकले बढेर २,८५१.८६ विन्दुमा स्थिर रहेको छ ।

सोमवार २२४ कम्पनीहरुको सेयर ६६ हजार ११३ पटक कारोबार भएको छ । ९५६ लाख १२ हजार ५८० कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ । कारोबारमा १०५ कम्पनीको सेयर मूल्य बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ ।

नेपाल ईन्फ्रास्टक्चर बैंकको सेयर मूल्य सवभन्दा बढी ८.४२ प्रतिशतले बढेको छ । हिजो उक्त बैंकको प्रति कित्ता सेयर मूल्य ३८० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४१२ रुपैयाँमा खरिदबिक्री भएको छ ।

छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ६.८३ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोपावरकोे प्रति कित्ता सेयर मूल्य ४९०.५० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५२४ रुपैयाँमा कारोबार भएको छ ।

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०७ प्रतिशतले बढेको छ । हिजो सो बैंककोे प्रति कित्ता सेयर मूल्य १,३९९ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,४०० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स