आज अपराह्न ४.१५ मा मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक, कर्जा प्रवाहमा कडाइ, सेयर बजारलाई प्रत्यक्ष असर पर्ने नीति प्राथमिकता परेन

काठमाडौं । ेपाल राष्ट्र बैंकले आज अपराह्न ४.१५ मा चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैंकले कर्जा प्रवाहमा कडाइ गर्ने र सेयर बजारलाई प्रत्यक्ष असर नपर्ने गरी मौद्रिक नीति ल्याउन लागको हो ।

उच्च दरमा भएको कर्जा विस्तारले जोखिम बढ्दै गएको भन्दै राष्ट्र बैंकले ऋण विस्तार १९ प्रतिशत मात्र हुने गरी मौद्रिक नीति जारी गर्ने लागेको हो । गत वर्ष २० प्रतिशत कर्जा विस्तारको लक्ष्य राख्दा २८ प्रतिशत भएको छ । खासगरी आयातसँग सम्बन्धित ऋण उच्च दरले बढेर विदेशी मुद्रा सञ्चिति घट्न थालेको पछि राष्ट्र बैंकले कर्जा प्रवाहमा कडाइ गर्न लागको हो ।

राष्ट्र बैंकले साढे ६ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउने गरी कर्जा विस्तार गर्न सुझाएको छ । राष्ट्र बैंकको लक्ष्यभन्दा बढि ऋण विस्तार गर्ने बैंकहरुलाई कस्न प्रोभिजनिङ लगायत अन्य बन्देजात्मक शर्तहरू राख्ने भएको छ ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीति नआउने भएको छ । पछिल्लो समय राष्ट्र बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर विकल्प अझै पनि नदिने भएको छ । यस अघि मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई पुँजी बढाउनका लागि निश्चित सीमासम्म हकप्रद सेयर जारी गर्न दिने छलफल भएको थियो ।

राष्ट्र बैंकले तरलता प्रवाहका अन्य सूचकहरूलाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंक कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८५ प्रतिशतलाई निरन्तरता दिन भएकोे छ । अनिवार्य तरलता अनुपात (सीआरआर) ३ प्रतिशतले नै निरन्तरता पाउने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स