जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा दुई दिनमै ४४ गुणा बढी आवेदन

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा ४४ गुणा बढी आवेदन परेको छ । माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा दुई दिनमै ४४.५८ गुणा आवेदन परेको हो ।

आइतबार साँझ ५ बजेसम्म २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जानकारी दिएको छ ।

हालसम्म १७ लाख ५४ हजार ५१७ जना आवेदकले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।

पहिलो दिन (शुक्रबार)लघुवित्तको सेयर हात पार्न ५ लाख ८१ हजार ४९८ जनाले आवेदन दिएका थिए।

पहिलो दिन ५ लाख ८१ हजार ४९८ जना आवेदकले ७२ लाख ६५ हजार ४६० कित्ताका लागि ७२ करोड ६५ लाख ४६ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ८ हजार कित्ता सेयर कम्पनीको कर्मचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार २२० कित्ताका लागि दिन सकिने छ ।

कम्पनीले सेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स