आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको ४०.५७ अंकले घटेर २,८३६.१७ विन्दुमा स्थिर रहेको छ ।

आइतवार २२८ कम्पनीहरुको सेयर ७३ हजार १९२ पटक कारोबार भएको छ । १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँको कारोबार भएको छ । कारोबारमा १३ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले घटेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,९५९.२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,७६३.३० रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेपाल लाईफ इन्स्योरेन्सको सेयर मूल्य ७.६१ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो इन्स्योरेन्सको प्रति कित्ता सेयर मूल्य १,६३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,५०६ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्सिलय बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०४ प्रतिशतले घटेकोे छ । सो बैंकको हिजोे प्रति कित्ता सेयर मूल्य २७३ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य २७२.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स