४० अंकले घट्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार नेप्से ४०.५७ अंकले घटेर २८३६.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ६ लाखको कित्ता सेयर ५ अर्ब ८३ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, आज उपसमूहतर्फ सबै कम्पनी राताम्मै देखिएको छ ।

आज १३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल हाइड्रो डेभलपर लि.को ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स