ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।

आइपीओ निष्कासन फागुन २ गते निष्कासन भई छिटोमा फागुन १६ र ढिलोमा चैत १ गते बन्द हुनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स