काठमाडौं । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ मा पाँच वर्षसम्म ८४ लाखसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गराउने भएको छ।
बैंकले १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको हो ।
बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी फाईदाहरू, तीन कर्जा सम्बन्धी फाईदाहरू र १८ अन्य फाईदाहरू गरी कुल २४ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।