काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उनको आज बिहान ९२ वर्षको उमेरका मृत्यु भएको हो ।
कोरोना संक्रमण भएपछि उनलाई मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
उनको आज (आइतबार) बिहान ८ बजे निधन भएको हो ।
उनले ३६ भाषामा ३० हजार बढी गीत गाईसकेकी छिन् ।
उनको निधनमा बलिउड र संगीत क्षेत्र शोकमा डुबेको छ ।
उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।
उनको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो ।