टेलिकमको वार्षिकोत्सवको अवसरमा यस्तो ल्यायो सुविधा, आज दिनभर भीओएलटीई कल निःशुल्क

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले विभिन्न सुविधा ल्याएको छ ।

टेलिकमले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ । एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट ८४४४३ डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुबैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने जनाइएको छ ।

साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी नयाँ डेटा प्याक अफर पनि ल्याएको छ । जसमा ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।

कम्पनीले ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स