प्रिमियर इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २८ वार्षिक साधारणसभा शुक्रबार केन्द्रिय कार्यालयमा भिडियो कन्फरेन्स् मार्फत सम्पन्न भएको छ।

सभाले कम्पनीको आ.व.२०७७/७८ मा चूक्ता पुंजीको १४.२५ प्रतिशतले बोनस सेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका हुन्।

कम्पनीले आ.व.२०७७/७८ मा कूल बीमा शूल्क १ अर्ब ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४ हजार आर्जन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स