अब बैंक तथा वित्तीय संस्थाबाट नियुक्त एजेन्टले पनि शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउने (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाको लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था स्वयम तथा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि(एजेन्ट) ले समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

यसरी शाखारहित सेवा सञ्चालन गर्दा बैंकको भु्क्तानी प्रणाली विभागलाई भने जानकारी गराउनु पर्नेछ । विभागलाई जानकारी गराउँदा प्राविधिक पूर्वाधार, प्रतिनिधिमार्फत सञ्चालन गर्ने भएमा त्यस्तो प्रतिनिधिको छनोका आधारहरू, उक्त प्रतिनिधिसँग गरिएको सम्झौता पत्र तथा तालिमका सम्बन्धमा समेत स्पष्ट हुुनुपर्नेछ ।

यस्तो सेवामा पनि खातामा नगद जम्मा गर्न, भुक्तानी गर्न तथा रकमान्तर गर्न सकिने छ । साथै यस्तो शाखाबाट मौज्दात वा कारोबार विवरण (स्टटमेन्ट) व्रदान गर्ने र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्ने लगायतका काम गर्न पाइने छ ।

शाखारहित बैीकङ सेवा सञ्चालन गदाए बैंक सञ्चालक समितिबाट सोसम्बन्धी नीतिगत व्यवस्था पारित गर्नुपर्नेछ ।
बैंक तथा वित्तीयले शाखारहित बैकिङ सेवा सञ्चालन गर्नको लागि राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/Circular_03_78-79.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स