अनलाइन कारोबारमा नठगिन राष्ट्र बैंकको सर्वसाधारणलाई आग्रह, पैसा पठाउन क्यूआर वा बारकोर्डको आवश्यकता पर्दैन(सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा भएको बढोत्तरीसँगै आपराधिक व्यक्ति\समूहले विभिन्न माध्यमबाट ठगी गरेको गुनासो आएपछि सर्वसाधारणको लागि सूचना जारी गरेको छ । बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमका सम्बन्धमा आम सर्वसाधारणलाई सजक भइ कारोबार गर्न सुझाएको छ ।

आपराधिक गतिविधिमा संलग्न व्यक्ति÷समूहहरूले मोबाइल बैकिङको पास वर्ड तथा ओटीपी नम्बर माग्ने तथा वेवसाइट बनाइ ग्राहकको गोप्य सूचना लिने, बारकोर्ड वा क्यूआर कोर्ड पठाउन माग गरी ठगी गर्ने बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले विभिन्न एपका माध्यमबाट पनि ठगी हुँदै आएकोले यो सहि वेवसाइट होकि होइन भनी निक्यौल गरेरमात्र रकम भुक्तानी गर्न सर्वसाधारणलाई सुझाव दिएको छ ।

यस्ता संवेदनशील सूचना कसैलाई नदिन राष्ट्र बैंकले सुझाएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/02/Notices_PSD-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स