एभरेष्ट बैंकको नाफा १ अर्ब ८२ करोडमा सीमित, नाफा घटेपनि ईपीएस अन्य बैंककोभन्दा माथि

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३४ प्रतिशत कम हो ।

बैंकले अघिल्लो आवमा २ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको थियो । यो अवधिमा बैंकको नाफा घटेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.४३ प्रतिशत घटेको छ । बैंकको सञ्चालन मुनाफा २६.९६ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५४ करोड ८४ लाख रुपैयाँबाट घटेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पूँजी बढाएको यस बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसा पुगेको छ ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५.९ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १६.०४ प्रतिशत बढेको छ । निक्षेप ११.६२ प्रतिशत र कर्जा १३.७९ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स