एकैदिन १४ जनाको मृत्यु, थप ३ हजार १७५ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं। देशभर थप ३ हजार १७५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण एकैदिन १४ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ ।

अहिलेसम्म नेपालमा ८ लाख ८७ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स