१३७ कम्पनीको सेयर मुल्य घट्दा पनि यी कम्पनीको सेयर मुल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिनको प्रि–ओपनिङ सेसनमा ७.२७ अंकले बढेता पनि सेसनको अन्त्यमा भने १४.५८ अंकले घटेर २,८७६.७५ विन्दुमा स्थिर रहेको छ ।

बिहिवार २२४ कम्पनीहरुको सेयर १ लाख ८ हजार ३६५ पटक कारोबार भएको छ । १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,७८१.१० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,९५९.२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.७३ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ६७८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७४४ रुपैयाँमा कारोबार भएको छ ।

नबिल बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०८ प्रतिशतले बढेको छ । हिजो सो बैंककोे प्रति कित्ता सेयर मूल्य १,१२१.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,१२२ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स