८ अर्बको कारोबार हुँदा पनि आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिनको प्रि–ओपनिङ सेसनमा ७.२७ अंकले बढेता पनि सेसनको अन्त्यमा भने १४.५८ अंकले घटेर २,८७६.७५ विन्दुमा स्थिर रहेको छ ।

बिहिवार २२४ कम्पनीहरुको सेयर १ लाख ८ हजार ३६५ पटक कारोबार भएको छ । १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर खरिदबिक्री भई ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ४५ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी ३.४९ प्रतिशतले घटेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,३०५.६० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,२६० रुपैयाँमा खरिदबिक्री भएको छ ।

पोखरा फाइनान्सको सेयर मूल्य ३.०७ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो फाइनान्सको प्रति कित्ता सेयर मूल्य ६१४.९० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५९६ रुपैयाँमा कारोबार भएको छ ।

जानकी फाइनान्सको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सो फाइनान्सको हिजोे प्रति कित्ता सेयर मूल्य ६९२.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६९२ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स