एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, २ घण्टाको डेटा प्याक ३० रूपैयाँमा

काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो जसमा ग्राहकले छोटो समय अर्थात १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन् ।

कम्पनीले ग्राहकलाई आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको जनाएको छ । कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात १ घन्टा समयावधी भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ ।

यस योजनामा ग्राहकले कर सहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक पाउनेछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक ३० रुपैयाँमा लिन सक्नेछन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउनेछन् ।

ग्राहकले सजिलैसँग *१७१२३# डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्नेछन् ।

कम्पनीको अनुसार यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिने र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्नेछ ।

यी टाइम प्याकहरूको समयवधि ग्राहकले प्याक सुचार गरेको समयको आधारमा गणना गरिनेछ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स