क्यान महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारी नियुक्त भएका छन् । सरकारले ६ जना वरिष्ठ र क्षमतावान कर्मचारीलाई पछि पार्दै विवादित छवी भएका अधिकारीलाई महानिर्देशक नियुक्त गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा सोमबार मन्त्रिपरिषद्ले अधिकारीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

प्राधिकरणमा ३४ वर्षसम्म सेवा गरेका वरिष्ठ अधिकारीहरुलाई पछि पार्दै १४ वर्ष मात्रै काम गरेका अधिकारी महानिर्देशक भएका छन् ।

साथै उनको छवि पनि सफा छैन । उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवन बनाउँदा आर्थिक अपचलन गरेको आरोप पनि छ ।

भैरहवामा तत्काल आवश्यक नभएको टर्मिनल भवन बनाएर राज्यलाई २२ अर्ब रुपैयाँ आर्थिक भार पनि अधिकारीले नै थपेका हुन् ।

साथै प्राधिकरणका १२ औं तहका ६ जना वरिष्ठ अधिकारीलाई पन्छाउँदै पर्यटन मन्त्री आलेले ११ औं तहमा कार्यरत अधिकारीलाई महानिर्देशक नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स