लगानीकर्ता झुक्काउने दाउमा रहेको इन्फिनिटी लघुवित्तले पनि सच्चायो वित्तीय विवरण

काठमाडौं । इन्फिनिटी लघुवित्तले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण सच्याएको छ । लघुवित्तले ६ महिनाको ब्यालेन्स सिट तथा नाफा नोक्सानी खाता सार्वजनिक गर्ने क्रममा चुक्तापुँजी कम देखाएको थियो । अहिले लघुवित्तले आफ्नो गल्ति स्वीकार गर्दै वित्तीय विवरण पेश गरेको छ ।

चुक्ता पुँजी कम हुँदा लघुवित्तको प्रतिसेयर आम्दानी, नेटवर्थ लगायत सकारात्मक देखिने हुँदा लगानीकर्ता प्रभावमा पर्ने सम्भावना हुन्छ ।

संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गरेर महँगोमा बेच्ने योजनामा फर्वार्ड माइक्रोफाइनान्स, वित्तीय विवरणमा छेडखानी

लघुवित्तले वितरण गरको बोनसलाई चुक्ता पुँजीमा नजोडी वित्तीय विवरण सार्वजनिक गरेको थियो । पुरानो चुक्ता पुँजी राख्दा लघुवित्तको प्रतिसेयर आम्दानी ५० रुपैयाँ ९८ पैसा देखाएको थियो । यो यथार्थ बाहिर आएसँगै लघुवित्तले बोनस सेयर पछि चुक्तापुँजी समायोजन गरेको छ । लघुवित्तले चुक्तापुँजी ३२ करोड ४६ लाख रुपैयाँबाट बढेर ४१ करोड ४५ लाख रुपैयाँ पुगेको सूचना सार्वजनिक गरेको छ ।

जसअनुसार प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै यसअघि कम्पनीले सेयर मुल्य आम्दानी अनुपात र नेटवर्थ प्रतिसेयर क्रमशः ३१.१९ र १ सय ८७ रुपैयाँ ५५ पैसा देखाएकामा यथार्थ चुक्तापुँजी राखेपछि ती परिसूचक क्रमशः ३९.८३ र १ सय ४६ रुपैयाँ ८७ पैसा कायम भएको बताएको छ ।

फरवार्ड माइक्रोफाइनान्सले भ्रमपूर्ण वित्तीय विवरण सच्चायो

इन्फिनिटी लघुवित्तले ६ महिनामा ८ करोड २७ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । जुन अघिल्लो आवको यही अवधिको भन्दा २७ प्रतिशत बढी हो ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि पहिला सार्वजनिक गरेको भ्रम पूर्ण वित्तीय विवरण सच्चाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स