सस्तियो टेलिकमको कल र एसएमएस

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल तथा ल्यान्डलाइन फोनबाट अन्य कम्पनीहरूको नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाएको छ । कम्पनीले नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको नयाँ व्यवस्थाअनुसार मंगलबारदेखि लागू हुनेगरि कलको दर परिवर्तन गरेको हो ।

सो व्यवस्थाअनुसार अब टेलिकमको नेटवर्कमा रहेका ग्राहकले एनसेल र स्मार्ट टेलिकमको मोबाइल नम्बरमा कल गर्दा लागू हुने शुल्क सस्तो भएको छ । टेलिकमले आफ्नो तारवाला फोनबाट अर्को सेवा प्रदायकको ९एनसेल वा स्मार्ट टेलिकम० मोबाइलमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ १० पैसा मात्र लाग्नेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सी फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सी फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा प्रति मिनेट कर बाहेक एक रुपैयाँ ६२ पैसा मात्र लाग्नेछ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा एसएमएस पठाउँदा लाग्ने प्रति एसएमएस कर बाहेक एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

कुनै एउटा दूरसञ्चार सेवा प्रदायकका ग्राहकले अर्को दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई टेलिफोन तथा एसएमएस गर्दा लागू हुने शुल्क ९अन्तरआबद्धता शुल्क० घटाउन नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता निर्देशिका जारी गरेको थियो ।

सोही निर्देशिका अन्तर्गत कम्पनीले अन्तर्देशीय अन्तरआबद्धतामा उल्लेख गरिएको प्रावधान अनुसार कल तथा एसएमएसको शुल्क घटाएको हो । नेपाल टेलिकमका ग्राहकवर्गले अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वाइस कल गर्दा लागू गर्नुपर्ने महशुलदर प्राधिकरणबाट समेत स्वीकृत भइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स