भारतीय बजेटको महत्वपूर्ण घोषणा, यस्ता छन्

एजेन्सी । आर्थिक वर्ष २०२२/२३ का लागि छिमेकी मुलुक भारतले बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितरमणले आज ३९.४५ ट्रिलियन भारुको बजेट सार्वजनिक गरेकी हुन् ।

सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान गरिएको छ । बजेट भाषणको सुरुआतमा वित्तमन्त्री सीतारमणले आफ्नो सरकार विकास र गरिबको हितमा प्रतिबद्ध रहेको बताइन् ।

सीतारमणले लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको आईपीओ छिट्टै आउने कुरा र एयर इन्डियाको स्वामित्व टाटा पाउनु सरकारको उपलब्धिका रुपमा रहेको बताइन् ।

वित्तमन्त्री सीतारमणले सरकार समावेशी विकासको बाटोमा अघि बढिरहेको बताइन्। उनले यो वर्ष भारतको अर्थतन्त्रको वृद्धिदर ९ प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको र यो विश्वका सबै ठूला अर्थव्इवस्थाहरुको भन्दा बढी रहेको दावी गरिन् ।

आर्थिक वर्ष २०२५/२६ सम्ममा राजस्व घाटा जीडीपीको ४.५ प्रतिशत पुग्ने सीतारमणको भनाइ छ। राजस्व घाटा २०२२/२३ मा जीडीपीको ६.४ प्रतिशत हुने अनुमान गरिएको छ ।

२०२१/२२ मा संशोधित राजस्व घाटा कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत रहेको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स