मंगलबार लगानीकर्ताले ब्रोकर कमिसनमार्फत् बुझाए २ करोड ६३, धेरै कमिसन लिने ब्रोकर यस्ता छन्

काठमाडौं । लगानीकर्ताहरुले सेयर खरिद बिक्री मार्फत् आज (मंगलबार) ब्रोकरलाई कमिसन मार्फत् २ करोड ६२ लाख ९९ हजार रुपैयाँ बुझाएका हुन् । आज नेप्समा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा लगानीकर्ताले २ करोड ६३ लाख रुपैयाँ ब्रोकर कमिसन बुझाएका हुन् ।

लगानीकर्ताले सेयर खरिद तथा बिक्री दुवैमा ब्रोकरलाई कमिसन बुझाउनु पर्छ ।

लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४ प्रतिशत ब्रोकर कमिसन बुझाउनु पर्छ । त्यस्तै ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत शुल्क लाग्छ ।

५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबार ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत र १ करोड माथिको कारोबारमा लगानीकर्ताले ब्रोकरलाई ०.२७ प्रतिशत कमिसन बुझाउनु पर्छ ।

ब्रोकरहरुले लगानीकर्ताबाट प्राप्त गर्ने सबै रकम आफैले राख्न पाउँदैन । उक्त कमिसनबाट नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङलाई पनि बुझाउनु पर्ने हुन्छ । लगानीकर्ताबाट प्राप्त कमिसन रकममध्ये नेप्से र सिडिएससीलाई २० प्रतिशत रकम दिन्छन् । नेप्से र सिडिएससीलाई वितरण गरिने रकमलाई १०० प्रतिशत मान्दा सिडिएससीले २० र नेप्सेले ८० प्रतिशत रकम पाउँछन् ।

आज सबैभन्दा धेरै सेयर खरिद बिक्री नासा सेक्यूरिटिजले गरेको छ । नासाबाट ८८ करोड १० लाख २७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा ५४ करोड ३१ लाख ६२ हजार रुपैयाँको खरिद भएको छ भने ३३ करोड ७८ लाख ६५ हजार रुपैयाँको सेयर बिक्री भएको छ । उक्त रकम बराबरको कारोबार गरेर नासाले ३५ लाख २४ हजार रुपैयाँ किमिसन लिएको छ ।

इम्पेरियल सेक्यूरिटिजबाट ६९ करोड ७७ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । जसमा इम्पेरियलबाट ३४ करोड ४५ लाख रुपैयाँको सेयर खरिद र ३५ करोड ३२ लाख रुपैयाँको सेयर बिक्री भएको छ । इम्पेरियलले उक्त कारोबारबाट २७ लाख ९० हजार रुपैयाँ कमिसन प्राप्त गरेको छ ।

भिजन सेक्यूरिटिजबाट ६४ करोड २६ लाख ३३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । भिजनबाट ३० करोड ८६ लाख ५६ हजार रुपैयाँको सेयर खरिद हुँदा ३३ करोड ३९ लाख ७७ हजार रुपैयाँको सेयर बिक्री भएको छ । उक्त कारोबारबाट भिजनले २५ लाख ७० हजार रुपैयाँ कमिसन पाएको छ ।

माघ १८ गतेको कारोबारबाट ब्रोकरले पाएको कमिशन

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स