जाल्पा सामुदायिक लघुवित्तले आइपीओ माघ २१ गतेदेखि निष्काशन गर्ने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये साधारण सेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

आवेदकले उक्त सेयरमा आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ता सम्मका लागि माग गर्न पाउनेछन् ।

उक्त सेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स