भारतले अनुदान घटायो

काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई दिने अनुदान घटाएको छ । भारतले यो वित्त वर्षमा ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात ९ अर्ब १२ करोड नेपाली रुपैयाँ बजेट छुट्याएको छ ।

यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ अर्ब ५० करोड भारुमा झारेको थियो ।

त्यसो त वित्त वर्ष २०२०÷२१ मा भारतले ८ अर्ब ७९ करोड भारु रकम नेपाललाई अनुदान दिएको थियो । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले मंगलबार प्रस्तुत गरेको वित्त वर्ष २०२२÷२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले मुलुकहरूलाई दिने अनुदान रकम छुट्याएको हो ।

भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । भारतले अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई ३ अर्ब, श्रीलंका २ अर्ब, माल्दिभ्सलाई ३ अर्ब ६० करोड, मंगोलियालाई १२ करोड र अफ्रिकी मुलुकलाई २ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स