सेयर बजारमा हरियाली छाउँदा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो दिन १९.२६ अंकले बढेर २,८९१.३० विन्दुमा स्थिर रहेको छ ।

मंगलबार २२३ कम्पनीहरुको सेयर ८० हजार ८२९ पटक कारोबार भएको छ । १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १४८ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सवभन्दा बढी १० प्रतिशतले बढेको छ । हिजो उक्त संस्थाको प्रति कित्ता सेयर मूल्य १,६१९.२० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,७८१.१० रुपैयाँमा खरिदबिक्री भएको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ६१६.४० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६७८ रुपैयाँमा कारोबार भएको छ ।

१२% आइसीएफसी फाइनान्सको सेयर मूल्यमा सवभन्दा कम ०.०९ प्रतिशतले बढेको छ । हिजो सो फाइनान्सकोे प्रति कित्ता सेयर मूल्य १,१०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,१०१ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स