आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेश्रो दिन १९.२६ अंकले बढेर २,८९१.३० विन्दुमा स्थिर रहेको छ ।

मंगलबार २२३ कम्पनीहरुको सेयर ८० हजार ८२९ पटक कारोबार भएको छ । १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा १४८ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेरुड लघुवित्त विकास बैंकको सेयर मूल्य सवभन्दा बढी ३.१७ प्रतिशतले घटेको छ । हिजो उक्त बैंकको प्रति कित्ता सेयर मूल्य १,२६० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,२२० रुपैयाँमा खरिदबिक्री भएको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य २.२८ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य १,२२८ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,२०० रुपैयाँमा कारोबार भएको छ ।

नेशनल लाइफ इन्स्योरेनसको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले घटेकोे छ । सो इन्स्योरेन्सको हिजोे प्रति कित्ता सेयर मूल्य १,१३०.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,१३० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स