क्रिप्टोकरेन्सीलाई आयको स्रोत बनाउँदै भारत सरकार

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सीको प्रयोगलाई गैरकानुनी भनिराख्दा छिमेकी मुलुक भारतले भने आम्दानीको बाटो बनाउन खोजेको हो । भारत सरकारले बजेटमार्फत् क्रिप्टोकरेनसीको कारोबार हुने आम्दानीमा कर लगाउने घोषणा गरेको हो ।

आर्थिक वर्ष सन् २०२२/२३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री निर्मला सितरमणले कुनै पनि डिजिटल क्वाइनको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी छन् ।

भारतमा क्रिप्टो कारोबारको व्यवस्थित कानूनी व्यवस्था छैन । यस्तो कारोबारलाई नियमन गर्ने विशिष्ट कानूनी व्यवस्था नभएपनि अहिले आएर कर लगाउने घोषणा गरिएको हो ।

यसघि भारत सरकारले क्रिप्टोमा लगानी गर्न रोक लगाउने निर्णय गरेपनि अदालतले सरकारको निर्णय उल्टाइदिएको थियो। अहिलेसम्म सोही आदेशकै कारणले भारतीय नागरिकले क्रिप्टोमा लगानी गरिरहेका छन्।

क्रिप्टोमा लगानी गर्न, त्यस्तो लगानीमा बैंकिङ सहभागितामा भने अहिलेसम्म रोकतोक छैन । पछिल्लो समय भारतमा क्रिप्टो लगानीको बजार बढ्दै गएको छ। यसको यकिन आँकडा नभएपनि कम्तिमा ५ अर्ब डलर बढीको बजार रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स