१९ अंकले बढ्यो नेप्से, हाइड्रोको सेयरमा लगानीकर्ता आकर्षित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ । मंगलबार नेप्सेमा २२३ कम्पनीको सेयर ८० हजार ८२९ पटक कारोबार भएको छ ।

१ करोड २१ लाख ६७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज लगानीकर्ताहरु हाइड्रोपावरको सेयरमा आकर्षित भएका छन् । सर्वाधिक सेयर कारोबार गर्ने कम्पनीको शीर्ष ६ स्थानमा हाइड्रोपावर रहेका छन् । नेश्नल हाइड्रो पावरको सेयर सर्वाधिक ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपर, अपि पावर, अप्पर तामाकोशी हाइड्रो पावर र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर ३० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

सेयर संख्या र कारोबारको आधारमा पनि हाइड्रो अघि देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स